

पहिरोले गाडी पुरिँदा एकको मृत्यु



बुटवल
सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्डमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडीमाथि पहिरो खसेको थियो । सोमबार राति भएको घटनामा अन्दाजी २२ वर्षका चालक स्याङ्जा वालिङका आशिष खाँण ठकुरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लिनारायण पाण्डेले बताए ।
अन्य दुई जना घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भएको छ । पहिरो खसेपछि केहीबेर अवरूद्ध भएको सडक पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया