

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै


काठमाण्डाै
चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो।
पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।
गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया