

लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि रणनीति स्वीकृत



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको हो ।
लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले बालविवाह अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिनुभयो । यसको कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गर्ने उहाँको भनाइ छ । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानी निषेध गरेको छ ।
त्यस्तै, बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयकै प्रस्तावमा आएको प्रदेश खेलकुद विकास नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
लुम्बिनीमा खेलकुदको विकास गर्ने योजनासहित प्रदेश खेलकुद विकास नियमावली– २०७८ तयार भएको बताउँदै यसअन्तर्गत प्रदेश खेलकुदपरिषद् गठन हुने प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया