

लुम्बिनी प्रदेशमा बालविवाह अन्त्यका लागि रणनीति स्वीकृत



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बालविवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको हो ।
लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले बालविवाह अन्त्यका लागि रणनीति स्वीकृत गरिएको जानकारी दिनुभयो । यसको कार्यान्वयनका लागि सबै पालिकासँग समन्वय गर्ने उहाँको भनाइ छ । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह मानी निषेध गरेको छ ।
त्यस्तै, बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयकै प्रस्तावमा आएको प्रदेश खेलकुद विकास नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
लुम्बिनीमा खेलकुदको विकास गर्ने योजनासहित प्रदेश खेलकुद विकास नियमावली– २०७८ तयार भएको बताउँदै यसअन्तर्गत प्रदेश खेलकुदपरिषद् गठन हुने प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया