

तिलोत्तमामा अस्पताल संचालन गर्न महिलाहरुको लगानी


बुटवल ।
रुपन्देहीको तिलोत्तमामा महिलाहरुको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ । तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डेले शनिवार सिलान्यास गर्नु भयो। आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा यस क्षेत्रका २० जना महिला सेयर सदस्य रहेका छन्। महिला अस्पतालमा महिला मात्रै सेयर सदस्य रहेका छन् ।
पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनु भयो । अस्पतालमा ३ करोड बढीको लगानी रहने उहाँले बताउनु भयो ।
अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिनु भयो । सो अबसरमा बोल्दै मन्त्री पाण्डेले महिलाहरुको लगानीमा स्वास्थ्य सेवा प्रदान गर्ने गरि संचालन गर्ने अस्पतालको बिकासका लागि प्रदेश सरकाका तर्फवाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
उहाँले समयमै निर्माण सम्पन्न गरि अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु संचालकहरु सम्वेदशिल हुन जरुरी रहेको औल्याउनु भयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया