
भीमकुल सहकारीबाट ३० लाख चोरी

गोरखा
गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।
‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ सेफमा रहेको रकममध्ये तीस लाख चोरी भएको उनले बताए । ‘सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ,’ उनले भने ।
संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । सिसिटिभी जडान गरिएको कम्प्यूटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चोरी भएको बारे बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए । ‘आज मिटिङ बोलाएका थियौं, बिहान आठ बजे कर्मचारी कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भयो,’ उनले भने ।
घटनास्थल प्रहरी पुगिसकेको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘बोर्लाङ प्रहरी चौकीको टोली त्यहा पुगिसक्यो, जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली पठाएका छौ,’ उनले भने ।
उक्त टोली पुगेर घटनाबारे थप अनुसन्धान गर्ने उनले जानकारी दिए । सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया