

पहिरोले घर पुरिँदा दाङमा ३ महिने शिशुको मृत्यु

दाङ ।
दाङमा पहिरोमा परि ३ महिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको हो ।
पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष स्वयमसहित अन्य २ जना पनि घाइते भएको प्रहरीको भनाइ छ ।
पहिरोले उनको घर गोठ सबै पुरिएको थियो । घटना पछि प्रहरीले पहिरो पन्छ्याएर शिशुको शव निकालेको हो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया