

अर्घाखाँचीको खाँचीकोट स्थित चन्द्रप्रभा माविको भवन जोखिमपूर्ण बन्यो


रिषभ आचार्य, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ स्थित खाँचीकोटको श्री चन्द्रप्रभा माध्यमिक विद्यालय भवन पहिरोका कारण जोखिमपूर्ण बनेको छ ।
केही दिन अघि परेको अविरल वर्षा पछिको पहिरोका कारण विद्यालय भवन परिसको जमिनमा पहिरो गएका कारण अहिले विद्यालय भवन नै जोखमिपूर्ण बनेको हो ।
सोही विद्यालयका शिक्षक शिबहरी भट्टराईद्धारा दान स्वरुप प्रदान गरिएको जग्गामा निर्माण गरिएको उक्त भवनको तल माथी दुबैतिर मोटर बाटो रहेको र उक्त बाटो बिस्तारका कारण गत बर्षदेखि नै भवन पहिरोको जोखिममा परेको थियो । विद्यालय भवन क्षेत्रबाट सडक विस्तार गर्दा अहिले भने वर्षाका कारण भवन नै जोखिममा पर्ने गरी पहिरो खसेको छ । तर त्यसको व्यवस्थापनमा खासै ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन् ।
बिधालयको मुख्य भवन भन्दा करिब ५० मिटरको दुरिमा रहेको यो दुई तले भवन जोखिमपूर्ण बने सँगै कक्षाकोठा अभाव पनि हुने संकेत देखिएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया