खोलाले बगाउँदा महिला बेपत्ता

दाङ
दाङमा पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
आज दिउँसो करिब साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा घोराही उपमहानगरपालिका–११ मा बस्दै आएकी ती महिला बेपत्ता भएकी हुन् । उनको थप परिचय खुल्न नसकेको बताइएको छ ।

उनको खोजीकार्य जारी छ । आज पत्रेखोलामा पानीको बहाव यस वर्षकै धेरै रहेको जनाइएको छ ।

प्रतिक्रिया

खबर सबै