राष्ट्रिय क्रिकेट टिम : पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं

पृथु बास्कोटा राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पृथु टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने जनाएको हाे ।

लामो समयपछि राष्ट्रिय क्रिकेट टिममा परेका बास्कोटाले व्यक्तिगत कारण देखाएर बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएको क्यानले जनाएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले मंगलबारबाट प्रशिक्षण थाल्दै छ । याे सिरिज जुलाईमा स्पेनमा हुनेछ ।

सिरिजका लागि क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।

प्रतिक्रिया

खबर सबै