

राप्ती नदीको टापुमा फसेकाको १२ घण्टा पछि सकुशल उद्दार



दाङ
केहि दिन यताको अबिलर वर्षका कारण आएको राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको उद्दार गरिएको छ । उनहरु राप्ती नदीको टापुमा फसेका थिए । नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारजनाको १२ घण्टा पछि सकुशल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्दार टोलीले उद्धार गरेको हो ।
लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको १२ घण्टापछि उद्धार गरिएको दाङ प्रहरीले जानकारी दिएको छ ।
‘भैँसी चराउन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धारको प्रयास सुरु भयो’, ‘राति १ बजेसम्मको प्रयास सफल हुन सकेन। अनि बिहान पुन उद्दार गरिएको हो ।
तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ। ‘बाढी कम भयो भने भैँसी ल्याउन जानुपर्छ’, श्यामलाल चौधरीले भने, ‘सधैँ त्यहीँ चराउन जाने गरेक थियौ, यसपाली बाढीले दुःख दियो।’ हामी बाहिर आयौं, भैंसी त्यही छन्, भैसीको चिन्ता छ ।ु


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया