

सांसद वलीलाई एमालेले सोध्यो स्पष्टीकरण


बुटवल
नेकपाको तर्फबाट प्रदेशसभाको उप निर्वाचन लडेर दाङक्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले ३ दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एकालेमा प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३ दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन् ।
नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकमुर ओलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी बिमलालाई नेकपाको तर्फबाट सुर्य चिन्ह लिएर उप निर्वाचनमा उठाईएकोमा उनी निर्वाचित भएकी थिईन् । सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्रको एकतालाई अस्विकार गर्दै आफ्नौ स्थानमा ब्युँताईदिएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार गत बैशाखमा मात्र बिमलाले माओवादी केन्द्र रोजेकी थिईन् ।
उनलाई सोधिएको स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीयदलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भईसकेपछि पाटी रोज्न पाउने हक बिमलाले गुमाईसकेको उल्लेख गरिएको छ । पार्टीको ह्वीप विपरित सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको उपुयुक्त कारण सहित स्पक्ष्टिकरण माग गर्दै तपाईमाथि कारवाही किन नगर्ने भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द ब्युँताईदिएपछि मौन बसेकी बिमला गत बैशाखमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिईन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया