

सांसद वलीलाई एमालेले सोध्यो स्पष्टीकरण



बुटवल
नेकपाको तर्फबाट प्रदेशसभाको उप निर्वाचन लडेर दाङक्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य बिमला कुमारी खत्री ओलीलाई नेकपा एमालेले ३ दिने स्पष्टीकरण सोधेको छ । जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एकालेमा प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद क्षेत्रीलाई ३ दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन् ।
नेकपा एमालेका प्रदेशसभा सदस्य उत्तरकमुर ओलीको दुर्घटनाबाट निधन भएपछि ओली पत्नी बिमलालाई नेकपाको तर्फबाट सुर्य चिन्ह लिएर उप निर्वाचनमा उठाईएकोमा उनी निर्वाचित भएकी थिईन् । सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्रको एकतालाई अस्विकार गर्दै आफ्नौ स्थानमा ब्युँताईदिएपछि पार्टी रोज्न पाउने प्रावधान अनुसार गत बैशाखमा मात्र बिमलाले माओवादी केन्द्र रोजेकी थिईन् ।
उनलाई सोधिएको स्पष्टीकरणमा पार्टी रोज्नु अगाडि नै एमाले संसदीयदलको बैठक र दाङको पार्टी जिल्ला कमिटीमा सहभागी भईसकेपछि पाटी रोज्न पाउने हक बिमलाले गुमाईसकेको उल्लेख गरिएको छ । पार्टीको ह्वीप विपरित सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत हाल्नुको उपुयुक्त कारण सहित स्पक्ष्टिकरण माग गर्दै तपाईमाथि कारवाही किन नगर्ने भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द ब्युँताईदिएपछि मौन बसेकी बिमला गत बैशाखमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अघि माओवादी केन्द्र रोज्ने घोषणा गरेकी थिईन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया