

लुम्बिनी प्रादेशिक अस्पताल : अक्सिजन कन्सन्ट्रेटर सहयोग


रुपन्देही
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिनियाँ दाताहरुले १०० थान अक्सिजन कन्सन्ट्रेटर पठाएका छन् ।
चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालको पहलमा चिनियाँ दाताहरुबाट लुम्बिनी प्रादेशिक अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।
अस्पताल स्रोतका अनुसार अक्सिजनको चरम अभाव भएको खबर पटक पटक आउन थालेपछि पूर्वराजदूत पौड्यालले नेपालका लागि सांघाईका कन्सुलेट् जिआनमिङ उसँग सम्पर्क गराइदिएको सोही आधारमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको बताए ।
बुद्धको जन्मभूमि लुम्बिनीको आसपासमा रहेको अस्पतालमा अक्सिजनको अभाव हटाउनको लागि बुद्ध दर्शन निकट दाताहरुले कन्सन्ट्रेटर पठाइदिएका थिए ।
चिनियाँ राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको सहजीकरणमा साङ्घाई जाडे बुद्ध टेम्पल, साँघाई जुकुङ कल्चर एण्ड एजुकेशन फाउण्डेशन, सिङ्गापुर स्थित टाङ्गाक बुअवे किमेङ लेङ्ग फाउण्डेशन लिमिटेड सहित नेपालमा सहयोग गर्ने दाताहरुको प्रतिनिधिकर्ता स्याङ्पा फाउन्डेसनको सहकार्यमा सो कन्सन्ट्रेटर अस्पताल आइपुगेको हो । लुम्बिनी प्रदेश अस्पतालमा कोरोना विशेष अस्पताल बुटवल संचालन गरेको छ भने प्रदेश अस्तालमा पनि छुटै वार्ड बनाइ कोरोना विरामीहरुको उपचार भइरहेको छ


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया