

लुम्बिनी प्रादेशिक अस्पताल : अक्सिजन कन्सन्ट्रेटर सहयोग



रुपन्देही
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिनियाँ दाताहरुले १०० थान अक्सिजन कन्सन्ट्रेटर पठाएका छन् ।
चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालको पहलमा चिनियाँ दाताहरुबाट लुम्बिनी प्रादेशिक अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको हो ।
अस्पताल स्रोतका अनुसार अक्सिजनको चरम अभाव भएको खबर पटक पटक आउन थालेपछि पूर्वराजदूत पौड्यालले नेपालका लागि सांघाईका कन्सुलेट् जिआनमिङ उसँग सम्पर्क गराइदिएको सोही आधारमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको बताए ।
बुद्धको जन्मभूमि लुम्बिनीको आसपासमा रहेको अस्पतालमा अक्सिजनको अभाव हटाउनको लागि बुद्ध दर्शन निकट दाताहरुले कन्सन्ट्रेटर पठाइदिएका थिए ।
चिनियाँ राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको सहजीकरणमा साङ्घाई जाडे बुद्ध टेम्पल, साँघाई जुकुङ कल्चर एण्ड एजुकेशन फाउण्डेशन, सिङ्गापुर स्थित टाङ्गाक बुअवे किमेङ लेङ्ग फाउण्डेशन लिमिटेड सहित नेपालमा सहयोग गर्ने दाताहरुको प्रतिनिधिकर्ता स्याङ्पा फाउन्डेसनको सहकार्यमा सो कन्सन्ट्रेटर अस्पताल आइपुगेको हो । लुम्बिनी प्रदेश अस्पतालमा कोरोना विशेष अस्पताल बुटवल संचालन गरेको छ भने प्रदेश अस्तालमा पनि छुटै वार्ड बनाइ कोरोना विरामीहरुको उपचार भइरहेको छ


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया