

एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप अमेरिकाले दिने


काठमाण्डाै
अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ ।
अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको पनि बाइडेनको भनाइ उदृत गर्दै खबरमा उल्लेख छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतको भ्रमणमा जानुअघि विमानस्थलमा पत्रकारहरुसँग खोप वितरणको जानकारी दिए पनि ह्वाइटहाउस प्रशासनले भने यो बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया