

जुवा खेलिरहेका ६ जना पक्राउ

दाङ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले दाङको घोराहीस्थित एक होटलबाट ६ जनालाई पक्राउ गरेको छ ।
दाङमा घोराही उपमहानगरपालिका १५ स्थित एक होटलबाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३९ हजार रकमसहित ६ जनलाई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षीय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द प्रसाद रिजालका अनुसार उनीहरुको साथबाट तास, नगदलगायत सामान बरामद भएको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया