लुम्बिनी प्रदेश :राष्ट्रिय सभाका लागि उपचुनाव, सकियो मतगणना, केही समयमा गणना हुने

दाङ 

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा अहिलेसम्म दुई सय ९७ मत खसेको  छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा अहिलेसम्म दुई सय ९७ मत खसेको हाे ।

जम्मा तीन सय मतदातामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले चुनाव बहिष्कार गर्नुभयो । अन्य दुई जना मतदाता बिरामी भएर काठमाडौमा रहेकाले मतदान गर्न नआएको जनाइएको छ । प्रदेश सभा सदस्य ८३ जनाले नै मतदान गरेका छन । पालिकातर्फको तीन मत नखसेको हो । ।

३ बजेसम्म मतदानको समय राखिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै