

मनकारी बस्नेतले जापानबाट गरे विपन्न परिवारलाइ सहयोग



दाङ
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् । दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र सर्वत्र उब्जीएको छ ।

दाङका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाधन्नको याचना गर्न थालिसकेका छन् ।सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ । यसै बिच विगत लामो समय देखि जापान रहदै आउनु भएका प्रदेश ५ को राजधानी स्थित राप्ती गाउँपालिका वार्ड नं. १ निवासी मनकारी दिल बहादुर बस्नेतले भालुबाङ स्थित पुरानो बजार क्षेत्रका अति विपन्न ७० घर-परिवारलाइ राहत स्वरुप खाधन्न वितरण गर्नु भएको छ।

“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म” भन्ने सोचका साथ आफनै खर्चमा अति विपन्न परिवारलाई चामल,दाल,तेल, स्वयाविन, साबुन, मास्क र सेनिटाइजर लगायत गरि प्रतिघर रु.२ हजार २ सय मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेको कुरा मनकारी बस्नेतले बताउदै आगामी दिनमा पनि निरन्तर गरिब दुखिको सेवामा लाग्ने बताउनु भयो। भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा सबै आआफ्नो तरिकाले लाग्नु पर्ने कुरा समेत अपिल गर्नु भएको छ।

राहत सामाग्री पाएसंगै महिना दिन जति आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद मनकारी बस्नेतलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया