
सडक र यातायातका लागि १ खर्ब ६३ अर्ब बजेट, काठमाण्डौमा एक सय विद्युतीय बस चलाइने

काठमाण्डाै
आउँदो आर्थिक वर्षका लागि सरकारले सडक यातायातको क्षेत्रमा एक खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सडक क्षेत्रलाई विशेष जोड दिएको जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग फराकिलो बनाउने, तीन सय वटा पुल निर्माण गरिने बजेटमा उल्लेख छ । पुल निर्माणका लागि ११ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिने भएको छ । मदन भण्डारी मार्ग, हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गको अपूर्ण खण्ड पूरा गरिने उल्लेख छ ।
सुरुङ मार्गलाई बजेटमा जोड दिइएको छ । नागढुङ्गा–नौबिसेसम्मको सुरुङ मार्गका लागि नौ अर्ब रुपैयाँ विनियोजन भएको छ । सिद्धबाबामा सुरुङ मार्गका लागि बजेट विनियोजन भएको छ ।
यस्तै काठमाण्डौको तीनकुने–जडीबुटी खण्डमा पनि सुरुङ बनाउन बजेट विनियोजन भएको छ । विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माणको अध्ययन गरिने भएको छ ।
सबै प्रदेशबाट इम्बोस्ड नम्बर वितरण गराइने बजेटमा उल्लेख गरिएको छ । साझा यातायातमार्फत काठमाण्डौमा कम्तीमा एक सय वटा विद्युतीय बस चलाइने उल्लेख छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया