

७४ वर्षका वृद्ध बाघलाई खुर्पाले हानेर बच्न सफल



बर्दिया
बर्दियामा बाघको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । हिजो बेलुकी मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको हो ।
थारुले आफ्नो साथमा रहेको खुर्पाले हानेर बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया