

युरोपा लिग : युनाइटेडलाई हराउँदै उपाधि भिल्लारियललाई


काठमाण्डाै
युरोपा लिग फुटबलको उपाधि भिल्लारियलले जितेको छ । गएराति भएको अत्यन्तै रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीमा हराउँदै भिल्लारियलले उपाधि जितेको हो ।

खेलको २९ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए तर ५५ औं मिनेटमा युनाइटेडका इडिन्सन काभानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै टोलीले गोल गर्न सकेनन् त्यसपछि खेल पेनाल्टीमा गयो ।

१० वटा पेनाल्टीसम्म पनि दुवै टोलीले बराबरी गोल हानेका थिए । तर ११ औं पेनाल्टीमा म्यानचेस्टर युनाइडेटले गोल गर्न सकेन भने भिल्ला रियलका रुल्लीले गोल गर्दै टिमलाई जिताए ।

कुनै पनि फुटबलमा २१ वटा पेनाल्टी बिरलै देख्न पाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पोल्याण्डमा भएको खेलमा झण्डै १० हजार दर्शकलाई मैदान प्रवेशको मौका दिइएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया