

लुम्बिनी प्रदेशमै पहिलो पटक ‘ट्राफिक लाइट’



रुपन्देही,
रुपन्देहीको तिलोत्तमा नगरपालिका–मणिग्राममा ट्राफिक लाइट जडान भएको छ । तिलोत्तमाले जडान गरेको ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो ट्राफिक लाइट हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएको हो ।
तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल भैरहवा ब्यपारीक मार्गको अत्याधिक ब्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाईट जडानको लागी चालु आर्थिक बर्षमा २० लाख बजेट छुट्टयाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । उनले अहिले पहिलो चरणमा मणिग्राममा जडान गरिएको जानकारी दिए ।
आवश्यकताको आधारमा यसलाई ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि जडान गरिने प्रवक्ता श्रीले बताए । अहिले नगर क्षेत्रमा सबै भन्दा बढी सवारी चाप हुने क्षेत्र मणिग्राम चोक नै हो, त्यसैले यसलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्यौं। उनले भने यसले त्यो क्षेत्र भएर तिव्र गतिमा गुड्ने सवारीहरुलाई नियन्त्रण गरि दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरेका छौं ।
अहिले जडान भएको सडक बत्ती उच्च गुणस्तरको रहेकोले सोचे भन्दा धेरै लागत परेको प्रवक्ता श्रीको भनाई छ । मणिग्राम रहेको बत्तीले जोखिम न्यूनिकरण गरेको आधारमा नगरको थप भागमा नै अन्य बत्ती जडान गरिने उनले बताए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया