

अक्सिजन प्लान्ट जडान गर्न वाणगंगाले माग्यो लुम्बिनी प्रादेशिक अस्पताल संग प्राविधिक माग


कपिलवस्तु
कपिलवस्तु जिल्ला स्थित बाणगंगा नगरपालिकामा अक्सिजन प्लान्ट जडान गर्नका लागि लुम्बिनी प्रादेशिक अस्पताल संग प्राविधिक सहयोगको माग गरेको ।
नगरपालिका र कपिलवस्तु सामुदायिक अस्पतालले संयुक्त रुपमा नगर भित्र अक्सिजन सहज आपुर्तिको समस्या समाधान गर्नका लागि प्रादेशिक अस्पताल संग प्राविधिक सहयोगको माग अस्पताल प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले बताउनु भएको छ ।
नेपालमा कोरोना भाईरसको दोस्रो भेरियन्टको प्रभाव तिव्र रुपले फैलिरहेकोले देश भरिनै अक्सिजनको अभावले धेरै संक्रमितले अकालमा ज्यान गुमाउन परेको छ । बाणगंगामा पनि अक्सिजनको सहज व्यवस्थापनका लागि केहि दिन अगाडि बाणगंगा नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार नगरपालिका र कपिलवस्तु सामुदायिक अस्पतालले संयुक्त रुपमा यसको सम्भाव्यता अध्ययन र जडानका लागि विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल समेत गरेको अक्सिजन प्लान्ट व्यवस्थापन समितीका संयोजक तथा वडा न. ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले बताउनु भएको छ ।
कपिलवस्तु अस्पतालका अनुसार अक्सिजन प्लान्ट जोडन कार्यको काम सुरु भई सकेको अस्पतालका प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले बताउनु भएको छ ।



खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया