

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डेसिभिर’ भन्दै नक्कली औषधि बेच्ने गिरोह विराटनगरमा सक्रिय, दुईजना पक्राउ





काठमाडौं
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डेसिभिर’ भन्दै नक्कली औषधि बेचेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय साथी मेडिकलका सञ्चालक विराटनगर १० का सोनु आलम र विराटनगर–१६ रानीका श्रवणकुमार यादव छन्। रेम्डेसिभिर कोरोना संक्रमित गम्भीर प्रकृतिका बिरामीका लागि प्रयोग हुँदै आएको औषधि हो । जसको माग अहिले उच्च छ।
आलमले ‘स्टासेफ’ नामक औषधिमा रेम्डेसिभिरको स्टिकर टाँसेर बिक्रीवितरण गर्दै आएको पाइएको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए। उनको औषधि पसलबाट प्रहरीले स्टासेफ ४ बट्टा र रेम्डेसिभिरको स्टिकर लागेको औषधि १ बट्टा बरामद गरेको छ। आलमले ९० रुपैयाँमा किनेको स्टासेफमा रेम्डेसिभिरको स्टिकर लगाएर ८ हजारसम्ममा बिक्री गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सन वीरगञ्जमा उत्पादन हुन्छ। स्टासेफको बोतलमा रेम्डेसिभिरको लेबल लगाएर उनीहरुले बिक्री गरेको प्रहरीले जनाएको छ।
एन्टिबायोटिक र रेम्डेसिभिरको बोतलको आकार एउटै हुन्छ। त्यसको फाइदा उठाउँदै गिरोहले स्टिकर लगाएर रेम्डेसिभिरसँग ठ्याक्कै मिल्ने गरी तयार पारेर बिक्री गर्दै जीवनमरणको दोसाँधमा छटपटाइरहेका संक्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरेका प्रहरीले जनाएको छ।
आलमले लेबल लगाएर तयार पारेको नक्कली रेम्डेसिभिर यादवले फार्मेसीबाट बिरामीका लागि बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। अहिले विराटनगरमा रेम्डेसिभिरको अभाव छ।
यो गिरोहले व्यक्तिलाई मात्रै कि संस्थालाई पनि नक्कली रेम्डेसिभिर बिक्री गरेको छ भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया