

रोल्पामा वैशाख २२ देखि निषेधाज्ञा

रोल्पा । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमवार बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदो जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नुपर्ने वा अर्को ठाउँ जानुपर्ने भए २४ घण्टाभित्र जान समय दिइएको पनि प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।
रोल्पामा अहिलेसम्म ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । गङ्गादेव गाउँपालिकामा ५० बढी सङ्क्रमित भेटिएको र एक जनाको ज्यान गएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया