

दाङमा दैनिक एक हजार सिलिन्डर अक्सिजन आवश्यक



दाङ । दाङमा अक्सिजनको अभाव हुन थालेपछि त्यसको व्यवस्थापनका विषयमा छलफल भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा भएको छलफलमा दाङमा दैनिक एक हजार अक्सिजन सिलिण्डर आवश्यक पर्ने भएकाले त्यसको आपूर्तिका विषयमा गम्भिर रुपमा छलफल गरिएको हो । एक हजार मध्य अपुग साढे चार सय अक्सिजन सिलिण्डरका लागि तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारीले दाङका उद्योग धन्दा कलकारखाना, क्रसरमा रहेका अक्सिजनको लगत लिएर उपलब्ध गराउन पत्राचार गर्ने र नगर प्रमुख पाण्डेले प्रदेश र संघमा पहल गर्ने निर्णय भएको छ ।
त्यसैगरी गोग्लीमा रहेको अक्सिजन प्लान्टमा २४सै घन्टा रिफिलिङका लागि विद्युतको व्यवस्था मिलाउन विद्युत प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ । त्यसैगरी बेलझुण्डीमा रहेका कोरोना संक्रमित बिरामीको विषयमा बुझ्नका लागि प्रत्येक दिन बिरामीका आफन्तले १२ बजेदेखि २ बजेसम्म अस्पतालमा गएर बुझ्नुपर्ने छ ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमित गम्भिर प्रकृतिका विरामीलाई बेलझुण्डि अस्पतालमा लैजानका लागी सम्वन्धित पालिकाका कोरोना फोकल पर्सनले लिखित रुपमा सिफारिस गर्नुपर्ने व्यवस्था गर्नुपर्ने छ । यस्तैगरी दाङ जिल्ला उद्योग बाणिज्य संघले अस्पताललाई ५० वटा अक्सिजन उपलब्ध गराएको भन्दै बैठकले धन्यावाद ज्ञापन समेत गरेको छ । बैठकमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेनडेण्ट विनोद सिंह, दाङका प्रहरी प्रमुख गणेस चन्द, तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वली, १७ का वडाध्यक्ष थलराज पुरी लगायतको सहभागिता रहेको थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया