

रोल्पाका अग्निपीडितलाई लत्ताकपडा प्रदान

रोल्पा । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ रोल्पाले जिल्लाको त्रिवेणी गाउँपालिकाका १ सय ७० अग्निपिडितहरुलाई लत्ताकपडा बितरण गरेको छ।
१३ बैशाखदेखि १६ बैशाखसम्म जंगलमा लागेको आगो बस्तिमा फैलिएर त्रिवेणी गाउँपालिका २ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिबेणि ६ र ३ नं। वडा साथै रुन्टिगढी गाउँपालिका ९ गुनाम गरि ३७ घर र ११ गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए।
त्रिवेणी २ भाङ्गोबारिमा ३७ घरधुरीका सबै १ सय ७० जना परिवारलाई करिब सवा २ लाख बराबरको कपडा बितरण गरिएको संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिए।
पीडितहरुको स्थलगत अनुगमन गरेर उनीहरुको माग बमोजिम कपडा बितरण गरिएको र १ सय जना स्वयंसेवक परिचालन गरि २ दिन सम्म पिडितको घर निर्माण कार्यमा सहयोग गर्ने निर्णय समेत गरेको संयोजक बिकले बताए।
राहत बितरण कार्यमा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तकुमार वली, एमालेका जिल्ला अध्यक्ष बालाराम बुढा, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, एमाले रोल्पाका सचिव निमप्रसाद रोका, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्यहरु मीन बहादुर महरा, केशब बुढा लगायतको सहभागिता रहेको थियो।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया