

लुम्बिनी प्रदेश : सांसद र प्रहरीबीच झडप


बुटवल । लुम्बिनी प्रदेश, प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रदेश सभा सदस्य र प्रहरीबीच झडप भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेललाई शपथ नखुवाउन माग गर्दै एमाले बाहेक दलका सांसदहरु दिउँसैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।
अहिले मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन भन्दै निस्कन लागेका प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेर छेकेपछि प्रहरीले बलप्रयोग गरेको हो । यादव अहिले घेराबाट निस्किसकेका छन् । मुख्यमन्त्री पोखरेलले अहिले राति नै पद तथा गोपनियताको शपथ लिने बुझिएको छ । पुदेश प्रमुख यादव मुख्यमन्त्रीको कार्यालय पुगिसकेका छन् । सांसदहरूले प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनस् नियुक्त भएका हुन्। आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल संविधानको धारा १६८ ९१० बमोजिम पुन मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । यसअघि पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ ९२० बमोजिम बनेको थियो । धारा १६८९१० मा संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई आधार मानेर पोखरेलले आज बिहान राजीनामा दिएका थिए । पोखरेल अल्पमतमा परिसकेका छन् । विपक्षी तथा एमालेकै सांसद गरी ४२ जनाले प्रदेश प्रमुखलाई शपथ रोक्न हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् । ८१ सदस्यीय प्रदेश सभामा बहुमत ल्याउन ४१ सांसद चाहिन्छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया