

आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान


बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा शुक्रबार बुटवलका एक पुरुषको मृत्यु भयो। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका ती संक्रमितलाई बेड खाली भएपछि आइसीयुमा सार्ने भनेर इमरजेन्सीमै राखिएको थियो। तर गम्भीर अवस्थाका ती संक्रमितले अक्सिजनका भरमा मात्रै मृत्युसँग लड्न सकेनन् ।
रुपन्देहीको देवदह नगरपालिकी ४९ वर्षे संक्रमित महिलाको पनि उपचार नपाएरै ज्यान गयो। संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो । ती महिलाका श्रीमान् वडाध्यक्ष भएकाले नगर प्रमुख हिराबहादुर खत्री लगायतले बुटवल भैरहवा, काठमाडौ र चितवनका अस्पतालमा आइसीयु बेडका लागि हारगुहार गरे । कुनै सीप नलागेपछि प्रादेशिक अस्पताल बुटवल लगियो। ‘उहाँको अवस्था नाजुक थियो । तत्कालै आइसीयुमा राख्नुपर्ने बिरामीलाई अक्सिजनले मात्रै बचाउन सकिएन’ प्रादेशिक अस्पतालका डाक्टर बिष्णु गौतमले भने ।
‘उच्च ज्वरो र श्वास फेर्न समस्या भएको बिरामीलाई न आईसीयु न अक्सिजन, बिरामी छटपटाइ रहँदा निरीह भएर हेर्नुपर्ने कस्तो बिडम्बना!’ ती महिलाका श्रीमानले भने।
यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया