

आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै जान्छ संक्रमितको ज्यान



बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डमा शुक्रबार बुटवलका एक पुरुषको मृत्यु भयो। श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका ती संक्रमितलाई बेड खाली भएपछि आइसीयुमा सार्ने भनेर इमरजेन्सीमै राखिएको थियो। तर गम्भीर अवस्थाका ती संक्रमितले अक्सिजनका भरमा मात्रै मृत्युसँग लड्न सकेनन् ।
रुपन्देहीको देवदह नगरपालिकी ४९ वर्षे संक्रमित महिलाको पनि उपचार नपाएरै ज्यान गयो। संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो । ती महिलाका श्रीमान् वडाध्यक्ष भएकाले नगर प्रमुख हिराबहादुर खत्री लगायतले बुटवल भैरहवा, काठमाडौ र चितवनका अस्पतालमा आइसीयु बेडका लागि हारगुहार गरे । कुनै सीप नलागेपछि प्रादेशिक अस्पताल बुटवल लगियो। ‘उहाँको अवस्था नाजुक थियो । तत्कालै आइसीयुमा राख्नुपर्ने बिरामीलाई अक्सिजनले मात्रै बचाउन सकिएन’ प्रादेशिक अस्पतालका डाक्टर बिष्णु गौतमले भने ।
‘उच्च ज्वरो र श्वास फेर्न समस्या भएको बिरामीलाई न आईसीयु न अक्सिजन, बिरामी छटपटाइ रहँदा निरीह भएर हेर्नुपर्ने कस्तो बिडम्बना!’ ती महिलाका श्रीमानले भने।
यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया