अस्पतालका स्वास्थ्यकर्मीका अनुसार आज बिहान ४ बजे शौचालय जाने बहानामा उनले झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।
उक्त पुरुषलाई यही वैशाख १६ गते कोरोना संक्रमण भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो । कोरोना देखिएपनि उनको स्वास्थ्य अवस्था सामान्य भएको तर, परिवारको आग्रहमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
तीन दिनअघि मात्रै सञ्चालनमा आएको उक्त कोरोना विशेष अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितहरु उपचाररत छन् ।




















प्रतिक्रिया