

रुकुम पश्चिममा पनि निषेधाज्ञा



रुकुम पश्चिम
यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेकाे केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले सङ्क्रमण दर बढ्न सक्ने हुँदा सङ्क्रमण फैलावटको साङ्लो तोड्न एवम् सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।
निषेधाज्ञा वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रवार राति १२ बजेसम्म लागू हुनेछ । यस अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारीसाधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले कोरोना सङ्क्रमणकाे दाेस्राे लहरबाट अहिलेसम्म रुकुम पश्चिममा एक सय पाँच जना सङ्क्रमित भएको, दुई जनाको ज्यान गएको र पाँच जनालाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाइएकाले यस्तो निर्णय गरेको बताउनुभयो । सङ्क्रमितमध्ये नाै जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ भने ८९ जना होम आइसाेलेशनमा छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया