

आईपिएल: चेन्नई अंक तालिकाको शीर्ष स्थानमा, आज दुई खेल हुने





खेल खबर
इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्ग्सले जित हाासील गरेको छ । चेन्नईले बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।
तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।
जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल खेलिसकेको उसले जम्मा एक जितमात्र हासिल गरेको छ । प्रतियोगितामा सामेल ८ टिममध्ये हैदरावाद पुछारमा छ । चेन्नईले भने ६ वटा खेल खेलिसक्दा पाँचौं जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।
यस्तै आईपिएल अन्तरगर्त आज दुई खेल हुदैछन् । पहिलो खेल मुंबई इन्डियन्स र राजस्थान रॉयल्स दिउँसो ३ः१५मा भिड्ने छन् भने साँझ ७ः४५ मा दिल्ली कैपिटल्स र कोलकाता नाइट राइडर्स बिच प्रतिश्पर्धा हुदैछ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया