

नेपाल फुटबलमा नयाँ प्रयोग गदैँ नेपाल सुपर लिग आजदेखि, कोरोनाका कारण रंगशालामा दर्शकले प्रवेश नपाउने


काठमाडौं
नेपाली फुटबलको इतिहासमा आजदेखि नयाँ प्रयोगको सुरुवात हुँदैछ । पहिलो पटक फ्रेन्चाइज फुटबल टुर्नामेन्ट नेपालमा हुँदैछ । नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा आज उपत्यकाका दुई टोली काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा गर्न लागेको प्रतियोगितामा नेपालका सात शहरको नामबाट फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० बजे सुरु हुनेछ । कोभिड-१९ को बढ्दो असरका कारण सरकारले रंगशालमा दर्शकसहितको खेलकुद नगर्न निर्देशन दिएपछि पहिलो पटक हुन लागेको एनएसएल क्लोजर डोरमा हुँदैछ । त्यसैले रंगशालामा दर्शकले प्रवेश पाउने छैनन् ।
विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं र अन्जन विष्टको कप्तानीमा रहेको ललितपुरबीच प्रतिस्पर्धा सुरु भएपछि नै नेपाली पुटबलमा एउटा नयाँ परीक्षण हुनेछ ।
प्रतियोगितामा नेपालको सात फ्रेन्चाइज टिम विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चिवतन, पोखरा थण्डर्स, बुटबल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक आयोजना हुन लागेको एनएसएलको विजेताले नगद ३५ लाख पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले नगद १५ लाख पाउनेछन् ।
यस्तै विधागत उत्कृष्ट हुने गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षककोले नगद १-१ लाख प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताएका छन् । यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीले पनि पुरस्कार पाउनेछन् ।
यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार प्राप्त गर्नेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार प्राप्त गर्ने कार्कीले बताए । इमर्जिङ खेलाडीको अवार्डमा ए क्याटेगोरीको खेलाडी र विदेशी खेलाडी समावेश हुने छैन ।
सिंगल राउण्ड रोविनका आधारमा हुने एनएसएलको फाइनल खेल जेठ १ गते हुनेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया