वैशाख मसान्तसम्म बुटवलका विद्यालय बन्द

बुटवल ।
कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढेसँगै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
यसअघि स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक गतिविधि अगाडि बढाउन विद्यालय तथा अभिभावकलाई आग्रह गरेको उपमहानगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेको हो।
वैशाख ९ गतेदेखि वैशाख मसान्तसम्म कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यालय तथा उच्च माविको पठनपाठन बन्द गरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न÷गराउन उपमहानगरपालिकाले आग्रह गरेको छ। यस्तै, कक्षा ८ को अन्तिम परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। नगरभित्रका विद्यालय तथा उच्च माविका पूर्वनिर्धारित परीक्षा वैशाख मसान्तसम्मका लागि स्थगित गरेको उपमहानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

खबर सबै