

बुद्धभूमि नगरपालिकामा एक महिने जुत्ता बनाउने तालिमको समापन

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा लक्षित वर्ग अन्तरगतको एक महिने जुत्ता बनाउने तालिम समापन गरिएको छ ।
बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा बुद्धभुमि स्थित माउण्ट एभरेष्ट इन्सिच्युटले संचालन गरेको सो तालिममा सहभागिहरुले एक महिना सम्म जुत्ता बनाउने सिपको ज्ञान हासिल गरेका छन् । माउण्ट एभरेष्ट इन्सिच्युटका अध्यक्ष विवश बञ्जाडेको अध्यक्षतामा आयोजित तालिमको समापन समारोहमा बुद्धभुमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मेयर श्रेष्ठले नगरपालिकाको लक्षित वर्गको कार्यक्रम अन्तरगत संचालन गरिएको जुत्ता बनाउने तालिमले अब सहभागीहरु व्यवसायिक जुत्ता उत्पादक बन्न सक्ने र त्यस कार्यमा अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले तालिममा सिकेको सीप त्यसै खेर जान दिन नहुने प्रति पनि सहभागिहरुलाई सचेत गराउनुभएको छ । एक महिने तालिममा सहभागीहरुलाई मेयर श्रेष्ठले तालिम लिएको प्रमाणपत्र पनि प्रदान गर्नुभएको छ ।
चालु आर्थिक वर्ष २०७७ ÷०७८ को लक्षित वर्ग अन्तरगतको सो तालिममा नगरपालिका भित्रका १० जनाले जुत्ता बनाउने तालिम लिएको इन्सिच्युटका अध्यक्ष बञ्जाडेले जानकारी दिनुभयो । गत चैत्र २ गते देखि संचालित तालिमको आइतबार समापन गरिएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया