तिनाउ नदिमा डुबेर एक युवाको मृत्यु

पाल्पा । तिनाउ नदिमा डुबेर बुटवलका एक युवाको मृत्यु भएको छ। शनिबर दिउसो गर्मी छल्न पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदिमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको हो।

गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हीरा बहादुर महतका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ तिनकुने बस्ने २२ वर्षीय हेमन्त शर्मा छन्। चारजना साथीसँगै पौडी खेल्न गएका उनी दिउसो चार बजेतिर खोलामा डुबेको प्रहरीले जनाएको छ।

पौडी खेल्न गएका पाँच जना मध्ये चारजना खोलामा डुबेपनि पौडी खेल्न जानेका एकजनाले बाँकी तीन जनालाई उद्दार गरेका थिए। शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

खबर सबै