

तिनाउ नदिमा डुबेर एक युवाको मृत्यु



पाल्पा । तिनाउ नदिमा डुबेर बुटवलका एक युवाको मृत्यु भएको छ। शनिबर दिउसो गर्मी छल्न पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदिमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको हो।
गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हीरा बहादुर महतका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–८ तिनकुने बस्ने २२ वर्षीय हेमन्त शर्मा छन्। चारजना साथीसँगै पौडी खेल्न गएका उनी दिउसो चार बजेतिर खोलामा डुबेको प्रहरीले जनाएको छ।
पौडी खेल्न गएका पाँच जना मध्ये चारजना खोलामा डुबेपनि पौडी खेल्न जानेका एकजनाले बाँकी तीन जनालाई उद्दार गरेका थिए। शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया