

कोरोनाले घेरिँदै नेपालगञ्ज


काठमाडौं । पत्रपत्रिकाबाट ।
भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक÷एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् । भारतको गुजरात दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कारोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया