

भर्तापुर आधारभूत विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

कपिलवस्तु ।
कपलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित भर्तापुर आधारभूत विद्यालयको अभिभावक भेला मंगलबार सम्पन्न भएको छ ।
भेलामा प्रधानाध्यापक कमल पौडेलले विद्यालयको शैक्षिक प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमको व्याजबाट २२० जना विद्यार्थीहरुलाई दिइने गरी छात्रवृत्ति स्वरुप विद्याँलय पोशाक समेत विद्यार्थीहरुलाई प्रदान गरिएको छ । सो लक्ष्य लक्षय अनुसार आज कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई पोशाक वितिरण गरिएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्य हरिराज घिमिरे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नारायण खनाल, वडा अध्यक्ष धुव्र वेल्वासे, पुर्व प्रधानाध्यापक जन्जिर प्रसाद थारु लगाएतले सम्बोधन गर्नुभएको थियो ।
सोही कार्यक्रम मार्फत विद्यालयका पुर्व प्रधानाध्यापक जन्जिर प्रसाद थारुलाई सम्मान पनि गरिएको प्रधानाध्यापक कमल पौडेलले बताउनुभयो । विद्यालयका शिक्षक गंगाप्रसाद थारुको संचालन रहेको कायृक्रममा शिक्षक विष्णु पाण्डेको स्वागत मन्तव्य रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया