

स्वास्थ्य चौकी मोतिपुरको नयाँ कार्यक्रम,घरघरमा स्वास्थ्यकर्मी सेवा

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मातिपुर स्वास्थ्य चौकीले नयाँ वर्षको शुभकामना आदनप्रदान सँगै प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो पटक संचालन भएको हात्तिपाईले अभियान कार्यक्रम सम्पन्न भए सँगै त्यसको प्रभावकारीता र उपलब्धिबारे कार्यालयमा प्रगति समिक्षा गरिएको हो । स्वास्थ्य चौकी मोतिपुरका प्रमूख हिमलाल घिमिरेका अनुसार समुदायका नागरिकहरुमा सूचना प्रवाह गरी हात्तिपाईले अभियान सफल रुपमा संचालन भएको बैठकले निश्कर्ष निकालेको छ । उक्त अभियानमा वडा नम्बर ७ र ८ का १४ हजार नागरिकलाई औषधि सेवन गराउने लक्ष्य लिइएकोमा १३ हजार ९ सय जनाले औषधी सेवन गरेको घिमिरेले जानकारी दिनुभयो ।
यस्तै कार्यालयमा कार्यरत कर्मचरी, महिला स्वास्थ्य स्वयमसेवीकाहरु बीचमा नयाँ वर्ष २०७८ सालको शुभकामना आदनप्रदान गरिएको छ ।
यस्तै बालमैत्री वडा घोषणाका लागी स्वास्थ्यका सबै सूचकहरु पुरा भएता पनि सुत्केरी पश्चातको तीन पटक सुत्केरी तथा नव शिशुको जाँचमा कमी भएका कारण उक्त सुचकलाई पुरा गर्न वडा नम्बर ८ र स्वास्थ्य चौकी बिचको सहकार्य अनुसार वाणगंगा नगरपालिकामै पहिलो पटक नयाँ अभियान समेत सुरु गरिने भएको छ ।
सो अभियानका लागि एक जना स्वयम सेवक अनमिलाई परिचालन गर्ने तयारी भएको प्रमूख घिमिरेले बताउनुभयो । यस्तै भोली देखि घरघरमा सुत्केरी महिला र नवजात शिशुलाई स्वस्थ परिक्षण गर्न वडा नम्बर ८ का सम्पूर्ण घरघरमा नर्सि कर्मचारी पठाउने भएको छ । सुत्केरी भए लगत्तै स्वस्थ्यकर्मीलाई घरघरमा बोलाई स्वस्थ्यकर्मीबाट स्वास्थ परिक्षण गराउन सबै वडा बासीमा स्वास्थय चौकी मोतिपुरले अनुरोध पनि गरेको छ ।
सोही कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गुणानिधी भुषालले वाणगंगा नगरपालिकामै बालमैत्री वडा घोषणाका लागि स्वास्यकर्मीलाई घरघरमा पठाई स्वास्थ्य चौकीले थालेको प्रयास उल्यखनिय रहेको भन्दै यसको अधिकतम फाइदा लिन पनि वडा भित्रका सुत्केरी महिलाहरुलाई अनुरोध गर्नुभएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया