

युनाईटेड स्टुडेन्ट एकाडेमीको १० औँ साधारण सभा तथा अधिवेशन सम्पन्न


कपिलवस्तु
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्र रहेका निजि क्षेत्रका विद्यालयहरु मध्ये गुणस्तरीय शिक्षा दिदै आएको युनाईटेड स्टुडेन्ट एकाडेमी वाणगंगा ८ कपिलवस्तुको १० औँ साधारण सभा तथा छैठौँ अधिवेशन सम्पन्न गरेको छ ।
हिजो एक कार्यक्रमका विचमा कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले सिद्ध प्रसाद अधिकारीको अध्यक्षतामा ५ सदस्य रहने गरी सञ्चालक समिति गठन गरेको छ ।
जसमा छबिलाल पन्थ उपाध्यक्ष र राजु अधिकारी, ललितादेबी घिमिरे, सोभाखर भुसार सदस्य रहनु भएको छ । अधिवेशनले जालन्धर बन्जाडेको संयोजकत्व रहने गरी ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा नेत्र पाण्डे र शिव प्रसार बन्जाडे रहनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य शोभाखर भुसालले प्रगती प्रतिवेदन , विद्यालयका प्रबन्ध निर्देशक राजु अधिकारीले आगमी कार्य योजना प्रस्तुत गर्नु भएको थियो । विद्यालयको आर्यव्याय विवरण लेखा संयोजक जालन्धर बन्जाडेले प्रस्तुत गर्नुभएको थियो ।
युनाईटेड स्टुडेन्ट एकाडेमी जिल्ला भित्र तथा नगरभित्र उत्कृष्ट विद्यालयको रुपमा परिचित रहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया