

बैशाख २ देखि माउण्ट एभरेष्टमा आयोग कक्षा संचालन हुँदै



जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जितपुर स्थित माउण्ट एभरेष्ट एजुकेस्नल जोनमा बैशाख देखि लोकसेवा आयोग खरिदार र नासु पदका लागि नयाँ कक्षा संचालन हुने भएका छन् ।
लोकसेवा सँगै शिक्षक सेवा आयोगका लागि आधारभूत तह र माध्यमिक तहका कक्षा पनि संचालन हुने मउण्ट एभरेष्ट एजुकेस्नल जोनका संचालक माधव बञ्जाडेलले बताएका छन् । आगामी बैशाख २ गते देखि IQ र सामान्य ज्ञान GK कक्षाहरु संचालन हुने बञ्जाडेले जानकारी दिएका छन् । मुख्य प्रशिक्षकको रुपमा काठमाण्डौका प्रतिष्ठित शिक्षण संस्थाहरुमा लामो समय देखि आयोगका कक्षाहरु अध्यापन गराइरहेका आइ.क्यू प्रशिक्षक प्रेम बोहोराले सहभागिहरुलाई कक्षा शिक्षण गर्ने छन् । बैशाख २ गते IQ कक्षा संचालन हुने छन भने त्यस पछि सामान्य ज्ञान GK कक्षाहरु पनि संचालनका लागि निजामती सेवामा कार्यरत विभिन्न क्षेत्रका अधिकृत, उप सचिव तहका लामो समय देखी विभिन्न शिक्षण संस्थामा आबद्ध भई अध्यापन गराइरहेका प्रशिक्षकहरुबाट कक्षा संचालन हुने संचालक माधब बञ्जाडेले बताएका छन् ।
लोकसेवा तयारी र शिक्षक सेवा तयारीका लागि बुटवल तथा काठ्माण्डौँ जाने विद्यार्थीहरुलाई अब कपिलवस्तुबाटै आयोगका कक्षा लिन सकिने भएको हो । दैनिक तीन समय बिहान, दिउसो र साँझको समयमा कक्षा संचालन गर्ने गरी योजना रहेको हुँदा आफु अनुकुल समयमा विद्यार्थीहरु भर्ना हुन सक्ने बञ्जाडेले बताए ।
कपिलवस्तुको चार नम्बर जितपुरमा रहेर लामो समय देखि विभिन्न विषयहरु र तहहरुका कक्षा संचालन गरिरहेको माउण्ट एभरेष्टले नेपाल अनुसन्धान विभाग अन्तरगतका तीन वटा पदहरु अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र अनुसन्धान सहायक सुचक पदका लागि पनि भर्ना आवेदन शुल्क नलाग्ने जनाएको छ । सो कक्षा पनि बैशाख २ गगते बाटै संचालन हुने सञ्चालक बञ्जाडेले बताए ।
यसैबिच केही वर्ष अघि कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट लोकसेवा र शिक्षक सेवा आयोग सँगै विद्यालय तहका विभिन्न विषयका कक्षा लिने विद्यार्थीहरु छिमेकी जिल्ला रुपन्देही धाउनुपर्ने बाध्यता थियो भने पछिल्लो वर्षमा आइपुग्दा सो बाध्यता हट्दै गएको छ । अहिले जिल्लाका विद्यार्थीहरु आफुले चहेको विषयका कक्षा आफ्नै जिल्लाबाट लिन सक्ने गरी शिक्षामा रुपान्त्रण आएको छ । जसका कारण कपिलवस्तु जिल्ला पनि मुलुकका विकसित जिल्लाको तहमा पुग्न थप सहजथा थपिने देखिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया