

नछोडे ओलीलाई हामी हटाउँछौँ : रामचन्द्र पौडेल

काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिएका छन्।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याए। उनले भने, ु छोड्नुहुन्न भने हामी हटाउँछौं। प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ।
ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेकाले सत्ताको विकल्प खोजिएको उनले बताए। प्रधानमन्त्रीले संसद्को उपेक्षा गरेको उनले आरोप लगाए।
सांसदलाई तिरस्कार गर्नुभएको छ। संसद् र संविधान प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं, पौडेलले भने।
प्रधानमन्त्री थप समय सत्तामा रहे लोकतन्त्रमा थप क्षति हुने पौडेलको आशंका छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया