

बालअधिकार सुनिश्चिताका लागि वाणगंगामा नगर स्तरीय बक्तृत्वकला



कपिलवस्तु ।।
आगामी बैशाख महिना सम्ममा वाणगंगा नगरपालिकालाई पूर्ण बालमैत्री नगर घोषणाको लक्ष्य पुरा गर्न सबै नगरबासीहरुले भुमिका खेल्नुपर्ने उपमेयर चक्रपाणी अर्यालले बताएका छन् । बालमैत्री नगर घोषणाका लागि अधिकतम सूचकहरु पुरा भईसकेको र अब केही सूचकहरु पुरा हुने क्रममा रहेको भन्दै उनले बालबालिकाहरुको अधिकार सुनिश्चितता गर्न स्थानिय तह सँगै जनस्तरबाटै भमिका आवश्यक रहने पनि बताए ।
शुक्रबार कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित पिपराको जनता माध्यमिक विद्यालयमा आयोजित नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमूख आर्यालले वाणगंगा नगरपालिकाका भित्रका कुनैपनि बालबालिका अब आफ्नो अधिकारबाट बञ्चित हुने स्थिति नआउने दावी पनि गरे ।
बालअधिकार सुनिश्चितताका लागि स्थनीय तहको भूमिका विषयक नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा नगरका ११ वटै वडाका वडा बाल संजाका प्रतिनिधी बालबालिकाहरुको सहभागिता थियो । सम्पन्न प्रतियोगितामा वडा नम्बर १ प्रथम भएको छ भने वडा नम्बर ११ द्धितीय, वडा नम्बर १० तृतीय र वडा नम्बर ८ ले सान्त्वना स्थान लिएको छ । प्रतियोगितामा बालअधिकार बालबिवाह सँग विभिन्न प्रहसन तथा नाटक समेत संजालका बालबालिकाहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर उपप्रमूख अर्याल सँगै वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराई र शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सीको आतिथ्यता रहेको थियो । कार्यक्रम नगर बाल संजाल अध्यक्ष सम्राट घिमिरेको अध्यक्षताथ तथा प्रज्वल बस्यालको संचालनमा सम्पन्न भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया