
बर्दियामा फरार अभियुक्त फक्राउ

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको अभियोग लागेका फरार एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सुर्खेत बराहाताल गाउँपालिका—२ सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।
गत माघ १६ गते निकुञ्जको गस्ती टोलीले भरुवा बन्दुक ३ थान, १७ थान गोली र बारुद २ सय ग्रामसहित गणेश तिवारी र चक्रबहादुर विष्टलाई तत्कालै नियन्त्रणमा लिएको थियो । अदालतले तिवारी र विष्टसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।
सोही मुद्दामा फरार रहेका मन्दिरलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पठाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया