

बर्दियामा फरार अभियुक्त फक्राउ



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी सिकार गरेको अभियोग लागेका फरार एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सुर्खेत बराहाताल गाउँपालिका—२ सिस्नेरीका ३६ वर्षीय रविलाल मन्दिरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जनाए ।
गत माघ १६ गते निकुञ्जको गस्ती टोलीले भरुवा बन्दुक ३ थान, १७ थान गोली र बारुद २ सय ग्रामसहित गणेश तिवारी र चक्रबहादुर विष्टलाई तत्कालै नियन्त्रणमा लिएको थियो । अदालतले तिवारी र विष्टसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरेकोमा बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।
सोही मुद्दामा फरार रहेका मन्दिरलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालत पठाएको छ ।


खबर सबै
-
दाङ : खोलामा डुबेर एक युवकको मृत्यु
-
मौसम विज्ञान विभागले भन्यो- अब धान नकाट्नू
-
एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल







प्रतिक्रिया