

बुटवलको सब्जी मण्डीलाई गरियो डिजिटल घोषणा



रूपन्देही ।
बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार (मण्डी) लाई डिजिटल बजार घोषणा गरिएको छ । प्रभु बैंक र फोनपे पेमेन्ट सर्भिसको सहकार्यमा सब्जी मण्डीलाई डिजिट बजार घोषणा गरिएको हो ।
नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदीप फुयालले मण्डीका सबै व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरे । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसाल र कृषि उपज थोक बजार (मण्डी) का अध्यक्ष घनश्याम भुसालले यसले कारोबारलाई अझ सहज बनाउने विश्वास व्यक्त गरे । कार्यक्रम सञ्चालन प्रभु बैंकका लुम्बिनी प्रदेश प्रमुख सुभाष कुँवरले गरेका थिए । लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषि उपज थोक बजार काठमाडौंपछिको दोस्रो ठूलो बजार हो । यहाँ पूर्वदेखि पश्चिम र भारत, चीनलगायत ठाउँका तरकारी एवं फलफूल ल्याइने गरेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया