

अमृते सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न



भलवाड ।
वाणगंगा नगरपालिका वडा न.९ मा रहेको अमृते सामुदायिक वनको १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा समूहकी सचिव मिना सिंजापतिले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष नेत्र प्रसाद बुढाथोकीले गत आर्थिक वर्ष २०७६÷०७७ को कुल ३२ लाख ६५ हजार बराबरबरको आय÷व्यय सार्वजनकीकरण गर्नुभयो । त्यस्तै चालु आर्थिक वर्षको कुल १ करोड ५२ लाख बराबरको प्रस्तावित वजेट पनि प्रस्तुत गर्नु भएको थियो । समूहका लेखा समिति संयोजक कुन्तामणि भुसालले लेखा प्रतिवेदन सार्वजनिक गर्नूभयो भने समूहका अध्यक्ष गोपाल गिरीले आगामी वर्षका निति तथा कार्यक्रमबारे जानकारी गराउनु भयो ।
साधारण सभामा अमृते सामुदायिक वनले २ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस्तै १० जना विधार्थीलाई पाठ्यसामाग्री वितरण गरेको छ । कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष धुर्व वेल्वासेले वाणगंगा नरपालिकामा भलवाड प्राकृतिक श्रोत र साधनमा सम्पन्न रहेको र यसलाई सदुपयोग गर्दै संघसंस्थाहरुले वडा सँग पनि समन्वय गर्न आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका सब डिभिजन बन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत वसन्त थापाले समुदायको वन समुदायको धन भन्ने नारालाई सार्थक पार्न समुदायले वनको संरक्षण,सम्वद्र्धन र वनको उचित तवरले सदुपयोग गर्नुपर्ने बताउनुभयो । आजभोलि सुख्खा समय रहेको हुदा सामुदायिक वनलाई वन डढेलोबाट जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु–याउनु पनेमा पनि जोड दिनुभएको छ ।
कार्यक्रममा अमृते सामुदायिक वनका सल्लाहकार हरिराज घिमिरे, नारायण खनाल, सामुदायिक वन जिल्ला महासंघका पूर्व अध्यक्ष ओमलाल गिरी, वाणगंगा नगर महासंघका सदस्य दुर्गा प्रसाद पौडेल, सञ्चारकर्मि बाबुराम रायमाझी, प्रेम नारायण पाण्डे र अनिता खनाल लगायतले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम समूहका अध्यक्ष गोपाल गिरीको अध्यक्षता सहित उपाध्यक्ष राधा खनालको स्वागत मन्तव्य र सचिव मीना सिंजापतिको सञ्चालनमा सम्पन्न भएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया