रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनमा होली मिलन कार्यक्रम

माधव भाट क्षेत्री /कपिलवस्तु
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले एक कार्यक्रमका बीच होली मिलन कार्यक्रमको सम्पन्न गरेको छ । बाणगंगा नगरका समाजेसवी आबद्ध क्लबले बाणगंगा–४ कार्यालय प्रांगणमा होली मिलन कार्यक्रम सम्पन्न गरेकोे हो ।
कारोना भाइरसको सन्त्रासकाबीच  पहाडमा हिजो र तराइमा आज मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उदेश्यले होली मिलन कार्यक्रम गरिएका कार्यक्रम संयोजक माधवभाट क्षेत्रीले बताउनुभयो  ।कार्यक्रममा होराइजन तथा सयपत्री क्याम्पसका क्यापम्पस प्रमुख एवम् मिडटाउनका पूर्व अध्यक्ष बासुदेव घिमिरेले कोही कसैलाई जबरस्ती रंग–अबिर र फोहर पानी न छयाप्न आग्रह गर्नुभयो ।
 
घिमिरेले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन नगर्न र अनिवार्य हेलमेट लगाई २ जनाभन्दा बढी मोटरसाईकलमा नचढ्न अनुरोध गर्नुभयो ।  समाजसेवी बद्री काफ्लेले होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न समेत  अनुरोध गर्नुभयो । मिटडाउनका अध्यक्ष नरेश पौडेलले सबैलाई कोरोनाबाट विशेष सुरक्षित हुन आग्रह गर्दै भारत लगायतका देशमा संक्रमण त्रीब्र फैलिएकोले सबै सचेत हुन आग्रह गर्नुभयो ।
क्लबका अध्यक्ष नरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य  सरस्वती खनाल, धन्यवाद ज्ञापन सुष्मा खाँण कार्यक्रमको संयोजन वर्ष २०२०/२१ का इलेक्ट प्रिजेडन्ट माधव भाट क्षेत्रीले गर्नुभएको  थियो ।

प्रतिक्रिया

खबर सबै