

युवा कपिलवस्तुद्धारा होलि विशेष सरसफाई कार्यक्रमको अयोजना



कपिलवस्तु ।
नेपालीहरुको एक मुख्य पर्वको रुपमा रहेको फागु पुर्णिमा आर्थात होली पर्वको अवसरमा सोमबार तराई क्षेत्रमा भव्यताका साथ मनाउने तयारी गरिएको छ । एक आपसमा सद्भावका साथ मनाइने यो पर्व कपिलवस्तुमा भने विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउने गरीन्छ । सोही अनुसार कपिलवस्तुको युवा कपिलवस्तु अभियान्ताहरुले कपिलवस्तु नगरपालिका स्थित जगदिशपुर तालमा सरसफाईको तयारी गरेका छन् ।
होलि विशेष सरसफाई कार्यक्रम नाम दिइएको उक्त अभियानमा कपिलवस्तुका युवाहरुको सहभािगता रहने अभियान्ता सिर्जना आचार्यले जानकारी दिनुभयो । सोमबार बिहान साढे ९ बजे सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा सहभागित हुने पनि युवा कपिलवस्तुले सबै युवा अभिायान्ताहरुलाई आग्रह गरेको छ । सामाजिक सद्भावको पर्व होलिलाई सामाजिकीकरण गर्दै विकासको सन्देशका रुपमा समेत मनाउने गरी अभियान संचलान गर्न लागिएको युवा कपिलवस्तुका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिनुभयो । विसुद्ध कपिलवस्तुका युवाहरुको हक हित र सामाजिक उत्थानका लागि युवा कपिलवस्तु संस्थाको रुपमा जिल्लाका सबै युवाहरुलाई जोडेने प्रयास पनि रहेको अध्यक्ष सापकोटाले बताउनुभएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया