

वाणगंगाको मोर्मीका किसानलाई बेमौसमी खेति तालिम प्रदान

भगवती न्यौपाने
कपिलवस्तु ।
मौसमी तथा बेमौसमि तरकारी खेतिका लागि एक दिने स्थलगत कृषक तालिम वाणगङ्गा नगरपालिका ८ मोर्मीमा सम्पन्न भएको छ ।
वाणगङ्गा नगर कार्यपालिकाको कृषि विकास शाखाको आयोजनामा मोर्मीका किसानहरुलाई सो तालिम दिइएको हो ।
तालिममा कृषिमा देखिने समस्याको बारेमा छलफल भएको थियो । फलफुलमा फल लाग्ने बेला झर्ने समस्या, गवारो किराको प्रकोप, रातो खपटे किराको समस्या ,शङ्खेकीराको समस्या,लगायतका समस्याबारे किसानले राखेका जिज्ञासामा केन्द्रित छफलफल समेत भएको छ ।
वाणगंगा नगरपालिकाका कृषि अधिकृत सन्तोष भुषाल र कृषि प्राविधिक पदम घिमिरेले किसानले राखेका समस्यहरुको सहजिकरण गर्दै नेपालको माटोमा धेरै तत्व रहेको हुदा मौसमि तथा बेमौसमि खेति गर्न सकिने बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन वाणगंगा नगरपालिका लागि परेको उहाँहरुको भनाई थियो । पछिल्लो समय रासायनिक मल धेरै प्रयोग भएको हुँदा माटोमा धेरै असर परेको समेत बताइएको छ । समय समयमा माटो जाँच गराउन पनि किसानहरुलाई आग्रह गरिएको छ ।
गाई,भैसी र मान्छेको पिसाबबाट पनि राम्रो मल तयार हुने भएकाले किसानहरुलाई झोल मल बनाउन तालिमा आग्रह गरिएको छ । धेरै फलाउने आसमा आफु र माटोलाई असर गर्ने गरि मल प्रयोग नगर्न पनि कृषि प्राविधिकले तालिममा आग्रह गरेका छन् ।
सहारा कृर्षक समुहका डि.आर न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा बुद्धिजीवी रविराज आचार्य र सहारा कृषि समुहका ३० जना किसानको सहभागी रहेको थियो ।
उता नमुना किर्षक समुहमा पनि तालिम सम्पन्न भएको छ । उक्त हरिहरा पुर वडा नम्बर ४ मा पनि यस्तै तालिम सम्पन्न भएको हो । नमुना कृषक समुहमा कृषका समस्या कृषि विकास अधिकृत लेस वहादुर केसि, कृषि अधिकृत धनिराम आचार्य , सन्तोष भुषाल,कृषि प्राविधि पदम घिमिरे,अमृता विषिले बताउनु सहजिकरण गर्नुभएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया