

लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिको दोस्रो पुर्ण बैठक सम्पन्न



भगवती न्यौपाने कपिलवस्तु ।
लुम्बिनी प्रदेश स्काउट तदर्थ समितिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । बुटवल अम्रपालि कटेज चौराहमा भएको बैठकमा लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेश स्काउटले अहिले सम्म गरेका काम बारे जानाकारी दिनुभयो ।
प्रदेश स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको दोस्रो बैठकमा कार्यलय व्यवस्थापन, वार्षिक कार्ययोजना, बैंक खाता सञ्चालन, लगायतका ७ मुख्य योजनाहरुमा केन्द्रित प्रस्तावहरु माथि छलफल भएको छ । नेपाल स्काउट तदर्थ समिति सदस्य शिव वाहादुर भण्डारीले बैठकमा देश निर्माणमा युवाको अहम भुमिका रहने हुँदा नेपाल स्काउट युवाहरुको हातमा रहेको बताउनु भयो ।
नेपाल स्काउट आफैमा अशुसान भएको हुँदा समाज रुपान्तरणमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहने उहाँले बताउनु भयो ।बैठकमा सात सचिवालय सदस्य पनि बनाइएको छ । जसमा दिनानाथ भट्टराई, खुमानन्द अघिकारि, भरत अर्याल, कल्पना हरिजन, जिवन आचार्य, सन्दिप अधिकारी र सन्दिप आचार्य रहनु भएको छ ।
सम्पन्न बैठकमा लुम्बिनी प्रदेश सकाउट तदर्थ समिति सल्लाहकार लोकनाथ उपाध्यक्ष , लुम्बिनी पदेश सदस्य, सल्लाहकारहरुको उपस्थिति रहेको थियो । संयोजक भट्टराईको अध्यक्षता, सदस्य भरत अर्यालको स्वागत मन्तव्यमा भएको बैठकको सञ्चालन प्रदेश अधिकृत सुनिल कुमार शर्माले गर्नु भएको थियो ।
कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको बेला नेपाल पनि कोभिड मुक्त रहन नसके पछि नेपाल स्काउट , नेपाल सरकार,युनिसेफ नेपाल बिच कोरोना सम्बन्धि जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको थियो ।अहिले लुम्बिनी प्रदेशका चार जिल्लाहरु रुपन्देही ,नवलपरासी ,कपिलवस्तु र बाकेमा कार्यक्रम निरन्तर चलिरहेको छ ।
रास्ट्रिय समिति सदस्य शिब बहादुर भन्डारिको विशेष सम्बोधन र प्रदेश सल्लाहकार लोकनाथ उपाध्याय , उद्द्ब न्यौपाने , सुमन गोपाल शर्मा र रजु जंग राणाको उपस्थितिमा स्काउटको लुम्बिनि प्रदेश्मा बिकास र बिस्तार लाइ तिब्र गतिमा अगाडी बढाउदै हरेक संस्थागत र सामुदायिक विद्यालयमा ट्रुप र कृयु संचालन गर्न प्रोत्साहन गर्ने , जिल्ला भेला हरु संचालन गर्ने समुदाय स्तर मै स्काउटका गतिविधि हरुलाइ तिब्र बनाउने र सम्पुर्ण बाल बालिका , किशोर किशोरी र युवा हरुमा शारीरिक , मानसिक बौद्धिक , संबेगात्मक क्षमताको वृद्धि गराउने खालका चेतना मुलक कार्यक्रमहरु संचालन गर्दै हरेक बालबालिकाहरुमा स्वमसेवकिय भावना जागृत गराउदै , परिवार , समाज र रास्ट्रप्रति जवाफदेहि उत्तरदायी नागरिक निर्माण गर्ने , गराउने कार्यक्रमहरु संचालन गर्ने निर्णयका साथ बैठक सम्पन्न भएको स्काउट लुम्बिनी प्रदेश समितिले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया